नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब २७ करोड रुपैयाँको कारोबार

इन्भेष्टाेपेपर ।  वैशाख ११, २०८३

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक १.५४ अं‌कले बढेको छ । शून्य दशमलव शून्य ५ प्रतिशतले वृद्धि भएको समग्र नेप्से २ हजार ७ सय ८८ दशमलव ७० विन्दुमा उक्लिएको छ । 

बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् उत्पादन तथा प्रशोधन र व्यापार बाहेक सबै उपसमूहहरु घट्यो । कारोबारमा आएका मध्ये ८८ कम्पनीको सेयर मूल्य बढ्यो भने १६७ कम्पनीको मूल्य घट्यो, १४ कम्पनीको मूल्य स्थिर रह्यो । 

कुल ७५ हजार २ सय २९ पटकको सेयर किनबेचमा १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब २७ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट, माई खोला हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले सेयर मूल्य बढ्यो । कर्पोरेट विकास बैंकको १२.६२ र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको ४.९१ प्रतिशतले सेयर मूल्य बढ्यो । 

प्राइम डिबेञ्चर २०८८ को ४.५९, मेन्छियाम हाइड्रोपावरको ३.५०,  एनआइसी एसिया फ्लेक्स क्याप फन्डको ३.१६ , केबिएल डिबेञ्चर २०८९ को ३ र एसबीएल डिबेञ्चर २०८९ को २.९९ प्रतिशतले सेयर मूल्य घट्यो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *