आज पनि सुनचाँदीको मूल्य घट्यो
इन्भेष्टाेपेपर । असार १०, २०८३
काठमाडौँ । स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला तीन हजार ६०० रुपियाँले घटेको छ भने चाँदी १०५ रुपियाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० र चाँदीको मोल चार हजार ४८५ रुपियाँ निर्धारण भएको छ ।
हिजो मङ्गलबार एक तोला सुन दुई लाख ८७ हजार १०० र एक तोला चाँदी चार हजार ५९० रुपियाँमा खरिद बिक्री भएको थियो ।
त्यसैगरी, गत सोमबार एक तोला सुन दुई लाख ८८ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ७३० रुपियाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ६४ र चाँदी ६१ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।
