आज पनि सुनचाँदीको मूल्य घट्यो

इन्भेष्टाेपेपर ।  असार १०, २०८३

काठमाडौँ ।  स्थानीय बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला तीन हजार ६०० रुपियाँले घटेको छ भने चाँदी १०५ रुपियाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० र चाँदीको मोल चार हजार ४८५ रुपियाँ निर्धारण भएको छ ।

हिजो मङ्गलबार एक तोला सुन दुई लाख ८७ हजार १०० र एक तोला चाँदी चार हजार ५९० रुपियाँमा खरिद बिक्री भएको थियो ।

त्यसैगरी, गत सोमबार एक तोला सुन दुई लाख ८८ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ७३० रुपियाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ६४ र चाँदी ६१ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *