बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओ बाँडफाँट

इन्भेष्टाेपेपर । आश्विन ५, २०८३

काठमाण्डाैँ । बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत भदौ २२ गतेदेखि २६ गतेसम्म ८ करोड ६३ लाख २० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो।

सो निष्काशनमा २३ लाख ५१ हजार ५६० जनाले २ करोड ६२ लाख ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २३ लाख ५ हजार २३३ आवेदन स्वीकृत भएका छन् भने बाँकी रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार ८६ हजार ३२० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *