दाेहाेराे अंकले घट्यो नेप्से, सबै समूहका परिसूचक ऋणात्मक

इन्भेष्टाेपेपर । आश्विन ७, २०८३

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ३६.२५ अंकले घटेको छ । अघिल्ला ३ कारोबार दिन लगातार बढेको नेप्से आज ३६.२५ अंकले घटेर २ हजार ६१८.०३ विन्दुमा झरेको हो । 

आज कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि नेप्सेमा उच्च गिरावट आएको हो । आज कारोबारमा आएकामध्ये २३ कम्पनीको सेयर मूल्य बढ्दा २५३ वटाको घट्यो । बाँकी २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबार ६ अर्ब ३५ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । मंगलबार ७ अर्ब ५ करोड ३ लाख रुपैयाँको कारोबार भएको थियो ।

सबैभन्दा बढी गिरावट जीवन बिमा समूहमा देखिएको छ। उक्त समूहको सूचक २.०४ प्रतिशतले घटेको छ । आज बजार घटे पनि धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै, सीवाइसी नेपालको सेयर मूल्य ५.४४ प्रतिशतले उकालो लागेको छ।

यसैगरि, फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। कम्पनीको सेयर मूल्य ८.५४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ। कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *