प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा
इन्भेष्टाेपेपर । आश्विन ७, २०८३
न्यूयोर्क । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क आइपुग्नुभएकाे छ।
प्रधानमन्त्री शाहलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गर्नुभयाे ।
प्रधानमन्त्री शाहले आजै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । उहाँ न्यूयोर्कस्थित नेपाली नियोगले आयोजना गर्ने स्वागत समारोहमा पनि सरिक हुनुहुनेछ ।
प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।
