‘एक व्यक्तिका पछाडि लागेर रास्वपा सती जाँदैन’ – प्रकाशचन्द्र परियार

इन्भेष्टाेपेपर । आश्विन २७, २०८३

संखुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले अपराध तथा महिला हिंसामा संलग्न भएको पुष्टि भए आफ्नै पार्टीका सांसदलाई समेत कारबाही गर्ने स्पष्ट पारेको छन् । 

मंगलबार संखुवासभाको खाँदबारीमा पत्रकारहरूसँग कुरा गर्दै परियारले अपराध गर्ने, महिला हिंसामा संलग्न हुने वा नेपाली समाजले समेत सुन्न नसक्ने अभिव्यक्ति दिने व्यक्ति आफ्नै पार्टीको सांसद भए पनि कारबाहीको दायरामा आउने बताए।

‘कोही पनि अपराध गर्ने, महिला हिंसा गर्ने र नेपाली समाजले सुन्न पनि नसक्ने शब्द बोलेको हाम्रै पार्टीको सांसद भए पनि कारबाही हुन्छ, हुन्छ, हुन्छ,’ उनले भने।

परियारले कुनै एक व्यक्तिको पक्षमा उभिएर पार्टीले आफ्नो सिद्धान्त र जिम्मेवारीबाट पछि नहट्ने पनि स्पष्ट पारे । ‘एकजना व्यक्तिका पछाडि लागेर राष्ट्रिय स्वतन्त्र पार्टी सती जाँदैन,’ उनले भने ।

सांसद खगेन्द्र सुनारसँग सम्बन्धित घटनाको सत्यतथ्य पत्ता लगाउन रास्वपाले पार्टीको अनुशासन आयोगलाई छानबिनको जिम्मेवारी दिएको उनले बताए । ‘पार्टी विधानअनुसार आवश्यक परे निलम्बनदेखि ‘राइट टु रिकल’ (पदबाट फिर्ता बोलाउने प्रक्रिया) सम्मका कदम चाल्न सकिने उल्लेख गरिएको छ,’ उनले भने, ‘दोष पुष्टि भए कारबाही हुन्छ ।’ याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *