सामसङ नेपाल र एनसेलको सहकार्यमा दशैंको विशेष अफर

इन्भेष्टाेपेपर । आश्विन २७, २०८३

काठमाण्डौ । सामसङ नेपाल र एनसेलको सहकार्यमा दशैंको विशेष अफर याेजना अघि सारेका छन् । यस सहकार्यले सामसङको चाडपर्वको अफर  “स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राईज चाडमा” लाई अझै आकर्षक बनाएको छ। यसले एनसेलका ग्राहकलाई यस चाडपर्वमा घरका लागि नयाँ टिभी, फ्रिज वा वासिङ मेसिन अपग्रेड गर्न थप फाइदा दिएको छ।

यो अफर लिन ग्राहकले एनसेल एपको  पार्टर्नड सर्भिसेस सेक्सनमा गएर आफूले पाउने छुट हेर्न सक्छन्। एनसेल प्याकमा गर्ने खर्चका आधारमा प्रत्येक ग्राहकले आफूलाई लागू हुने सामानमा छुटसहितको छुट्टै अफर पाउनेछन्। त्यसपछि अफर कोड लिएर नजिकैको सहभागी सामसङ आधिकारिक डिलरकहाँ गई आफूले चाहेको सामान किन्न सक्छन्।

आफ्नो नजिकैको सहभागी सामसङ स्टोरबारे जानकारी लिन ग्राहकहरूले टोल-फ्री नम्बर १६६०००१७२६६७ वा ९८०१५७२६६७ मा सम्पर्क गर्न सक्छन्। यो अफर ८ अक्टोबरदेखि १६ नोभेम्बर २०२६ सम्म लागू हुनेछ। सर्त तथा नियमहरू लागू हुनेछन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *