गायिका जेनिफर लोपेजले लगार्इन् इन्गेजमेन्ट रिंग
Investopaper, फाल्गुन २९, २०७५
अमेरिकी अभिनेत्री तथा गायिका जेनिफर लोपेजले इन्गेजमेन्ट गरेकी छिन् । जेनिफरले रिटायर्ड बेसबल खेलाडी एलेक्स रोड्रिगेजसँग दुई वर्षको प्रेम सम्बन्धलाई इन्गेजमेन्टमा पुर्याएकी हुन् ।
आफूहरूले इन्गेजमेन्ट गरेको जानकारी उनीहरूले इन्स्टाग्राममार्फत दिएका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरमा जेनिफरको औँलामा औँठी देखिएको छ ।
वेबसाइट फक्स न्युज डटकमका अनुसार जेनिफर र एलेक्सले गत शनिबार आफ्नो इन्गेजमेन्ट भएको खबर दिएका हुन् । तस्बिर सार्वजनिक गर्दै एलेक्सले क्याप्सन लेखेका छन्, ‘उनले हुन्छ भनेकी छिन् ।’
यसपछि जेनिफरले पनि एलेक्सको फोटा सेयर गरेकी छिन् । जेनिफर र एलेक्सको पहिलो भेट सन् २००५ मा भएको बताइन्छ ।
