विश्व खुशी रिपोर्टमा यसपटक फिनल्यान्डले वाजी मार्याे
प्रत्येक बर्ष मार्च २० तारिखकाे दिन विश्व खुशी दिवस मनार्इन्छ। यही सन्दर्भमा सन २०१८ काे विश्व खुशी रिपोर्ट सार्वजनिक गरिएको छ।
रिपोर्टका अनुसार १ सय ५६ राष्ट्र मध्ये फिन्ल्यान्ड विश्वकै सबैभन्दा खुशी मुलुककाे वाजी मार्न सफल भएकाे छ । यस्तै दोस्रोमा नर्वे परेकाे छ भने डेनमार्क तेस्रो स्थानमा रहेकाे छ । यसैगरी चौथोमा आइस्ल्यान्ड, पाँचौंमा स्वीटजरल्यान्ड , छैठौंमा नेदरल्यान्ड परेको छ। यस्तै सातौंमा स्वीडेन पर्दा आठौंमा न्यूजिल्यान्ड नवौंमा क्यानडा र दशौंमा अस्ट्रिया परेको छ।
विश्वको सबैभन्दा खुशी हुने राष्ट्रको अन्तिममा हाइटी परेको छ। दक्षिण
सुडान, अफगानिस्तान, ताजानिया,रुवान्डा, सिरिया, बोटस्वाना अन्तिम १० मा
परेका छन्।
नेपाल विश्वभरका खुशी राष्ट्रहरु मध्ये १०० औं स्थानमा परेको छ। दक्षिण
एसियाली राष्ट्रबाट पाकिस्तान सबैभन्दा खुशी देखिएको छ। पाकिस्तान ६७ औं
राष्ट्रमा पर्दा भुटान ९५ औं, बंगलादेश १२५, श्रीलंका १३०, भारत १४० मा
रहेको छ। माल्दिभसको रिपोर्टमा उल्लेख गरिएको छैन। चीन भने ९३ औं स्थानमा
परेको छ।
रिपोर्ट निर्माणका क्रममा १५६ राष्ट्रको जीवन आयु, सामाजिक मान्यता,
स्वतन्त्रा, स्वास्थ्य, विश्वास भ्रष्टाचार लगायतका कुराहरुलाई जाँच
गरिएको छ।
