युनियन हाइड्रोपावरको आईपिओ आजबाट खुल्यो, ५ देखि ३५ हजार कित्तासम्म भर्न पाइने

Investopaper, चैत्र १३, २०७५

युनियन हाइड्रोपावर कम्पनी लिमीटेडले चैत १३ देखि बुधबारदेखि साधारण शेयर (आईपिओ) को बिक्री खुला गरेको छ। कम्पनीले लक्ष्मी क्यापिटल मार्फत आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट अवितरित समेत कूल ३५ लाख ३४ हजार ३४० कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कूल निष्काशित आईपिओमध्ये ७० हजार ६८६ कित्ता हाइड्रोपावरका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ। सामूहिक लगानी कोषहरुले खरिद नगरेपश्चात बाँकी ३४ लाख ६३ हजार ६५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यो कम्पनीले प्रति मेगावाट २६ करोडको लागतमा जलविद्युत् आयोजना निर्माण गर्दै छ । यसले १० वर्षमा लगानी फिर्ता गर्ने जनाएको छ । यसको प्रतिशेयर आम्दानी गत असोज मसान्तसम्म शून्य दशमलव ६४ प्रतिशत नाकारात्मक रहेको छ ।

यसले तीन वर्षभित्रमा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७० पैसा पुर्याउने उल्लेख छ । यसको संचित नोक्सान हाल ७ करोड ९८ लाख रहेको र आगामी तीन वर्षमा पनि नाफा नहुने उल्लेख छ ।

इक्रा नेपालले कम्पनीको आईपिओलाई औसतभन्दा तल आधार जनाउने ‘इक्रा एनपी आईपिओ ग्रेड ५’ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड फाइभ रेटिङ्गले कम्पनीको वित्तीय अवस्था कमजोर आधार रहेको बुझाउँछ।

हाल इक्रा ग्रेड ५ रेटिंग प्राप्त कम्पनीले आईपिओ निकाल्न नपाउने नियम छ । तर, उक्त नियम बन्नु अगावै स्थानियबासिकाे लागी शेयर निष्काशन गरिसकेकाे हुंदा याे नियम लागु नहुने प्रावधान अन्तर्गत सर्वसाधारणलाइ शेयर जारी गरिएकाे हाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *