के रातकाे समयमा बच्चाहरु बढि रुन्छन ? यस्ता रहेछन कारण

Investopaper, चैत्र २०, २०७५

तपाइले कहिलै अनुभव गर्नु भएको छ ? प्राय बच्चाहरु दिनभर मज्जाले सुतेर रातमा किन रुन्छन ? बिज्ञहरुले बच्चाहरु रातको समयमा रुनुलाई निकै चासो दिएर हेरेका छन् र त्यसको कारण पनि पत्ता लगाएका छन् । प्राय बच्चाहरू २ – ३ घण्टाकाे बिचमा व्युझिन्छन र वाताबरण शान्त भएमा पुन निदाउंछन ।

मानिसले जन्मिएर यो दुनियामा आएपछि नै हरेक दिन नयाँ अनुभव गरिरहेको हुन्छ र नयाँ नयाँ अनुभव बटुलीरहेका हुन्छन् । नयां नयां कुरा सिक्ने तथा नक्कल गर्नमा बच्चाहरू अति अगाडी हुन्छन । कहिलेकाहीँ यस्ता अनुभवहरुको बीचमा उनीहरुले निकै असहज महसुस गर्दछन् ।

केहि कुरा जसको कारण बच्चाहरु रातमा रुन्छन :

– कतिपय नवजात शिशुहरुमा हाछ्यूँ आउने हुन्छ र कहिलेकाहीँ निद्रामै एक्कासी ब्युझिन्छन् अनि रुन थाल्दछन् ।

– कहिलेकाहीँ बच्चाको आसपासको तापक्रम निकै गर्मी वा चिसो हुँदा पनि बच्चाको निन्द्राबाट ब्युझिँएर बच्चा रुन थाल्दछ ।

– रातको समयमा बच्चाले असुरक्षित तथा एक्लो अनभुति गर्दछ । जसमा आफ्नो नजिक आमालाई नपाउँदा अचानक निद्रामै रुन थाल्दछ । 

– कहिलेकाहीँ बच्चा सुतेको ठाउँ आरामदायी नहुन सक्दछ जसका कारण उसलाई राम्रो निद्रा पर्दैन र रुन थाल्दछ ।

– बच्चाहरु सानैदेखि सपना देख्दछन् । कहिलेकाहीँ डराउने खालका सपना देख्न पुग्छन् । जसका कारण उनीहरु अचानक डराएर ब्युँझिन्छन् र रुन थाल्दछन् ।

– कहिलेकाहीँ बच्चाले निद्रामै पनि ओछ्यानमै पिसाब फेर्दछ र ओछ्यान चिसो पार्दछ । चिसो भएपछि पनि बच्चा रुन थाल्दछ । 

– दिनको समयमा बच्चाहरुले उज्यालोको कारण बिभिन्न कुराहरुलाई हेरेर त्यसैमा रमाउँछन् तर रातको समयमा उनीहरुले केहि देख्दैनन् जसको कारण उनीहरु रुन्छन ।

  • विभिन्न लेखहरूबाट
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *