बैंकहरूमा ऋणपत्रकाे लहरः दुई अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक
Investopaper, चैत्र २०, २०७५
नबिल बैंकले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको तयारी गरेको छ । बैंकले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धककाे रूपमा लक्ष्मी क्यापिटल मार्केटसँग निष्कासन व्यवस्थापन सम्झौता गरेको छ ।
बैंकले प्रति कित्ता एक हजार रुपैयाँका अंकित दरका २० लाख युनिट ऋणपत्र बिक्री गर्नेछ। निष्काशित ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
ऋणपत्रका फिचरहरू यस्ता छनः
- जारी गर्न लागेकाे रकम रू २ अर्व
- हजार रुपैयाँका दरले २० लाख कित्ता
- वार्षिक ब्याजदर १० प्रतिशत
- ऋणपत्रको अवधि ७ वर्ष
- ब्याज भूक्तानी अवधि ६/६ महिनामा
साे सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन्।
