नेपाल बीमक संघको नयाँ कार्यसमिति गठनः अध्यक्षमा दीप प्रकाश पाण्डे चयन
Investopaper, चैत्र २२, २०७५
नेपाल बीमक संघको विशेष साधारणसभाले दीप प्रकाश पाण्डेकाे अध्यक्षतामा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।
उक्त कार्य समितिमा लुम्बिनी जनरल इन्स्योरेन्सका सिइओ नुरप्रताप प्रधान उपाध्यक्ष चयन भएका छन् । त्यस्तै महासचिवमा सगरमाथा इन्स्योरेन्स सीइओ चंकी क्षेत्री चुनिएका छन् ।
कोषध्यक्ष तर्फ़ आइएमई जनरल इन्स्योरेन्सका सिइओ योगेश भक्त बादे श्रेष्ठ चुनिएका छन् ।
कार्यसमितिमा चयन भएका सदस्यहरुः
- एनएलजी इन्स्योरेन्सका सीइओ सुनिल बल्लव पन्त,
- प्रभु इन्स्योरेन्सका सीइओ सन्चित बर्जाचार्य,
- अजोड़ इन्स्योरेन्सका सीइओ कुमार बहादुर खत्री,
- एभरेष्ट इन्स्योरेन्सका सीइओ कमल गौतम,
- सानिमा जेनेरल इन्स्योरेन्सका डिजिएम सुवोध लाल श्रेष्ठ चयन भएका छन् ।
