आजको नेप्से बजारको सारांश पढ्नुहोस् ८ बुँदामा।।
तलका ८ बुँदामा जान्नुहोस् आजको नेप्से बजारको महत्वपूर्ण तथ्यांक।
१) नेप्से आज पनि लगभग ५ अंकले बढेर कारोबार बन्द भएको छ। आज नेप्से १२१७.०४ अंकमा बन्द भएको छ। नेप्से आज सुरुको पहिलो घण्टामा १२२३ अंक सम्म पनि पुगेको थियो।
२) आज जम्मा ८२.१७ करोड मूल्य बराबरको शेयर कारोबार भएको छ। आज १७१ कम्पनीको शेयर कारोबार भएको छ।
३)आज सबैभन्दा बढी कारोबार एनएमबी बैंकको भएको छ। एनएमबी बैंकको ७ करोड भन्दा बढी रकमको शेयर कारोबार भएको छ। यस्तै एनआईसी एसियाको पनि ४.५ करोड भन्दा बढीको कारोबार भएको छ।
५) धेरै कारोबार हुने कम्पनीको सूचीमा पहिलो दश स्थान पुरै बैंकले ओगटेको छ।
६) सिभिल लघुबित्तको शेयर मूल्य आज ५.७५ प्रतिशतले बढ्यो। त्यस्तै लगातार घटेको युनिभर्सल पावरको शेयर पनि ५.५८ प्रतिशत बढेको छ। सिभिल लघुबित्तको शेयर मूल्य रु.६२५ र युनिभर्सल पावरको शेयर मूल्य रु.९५ मा बन्द भएको छ।
७)आज कर्पोरेट डेभलपमेन्ट बैंक र जनउत्थान सामुदायिक लघुबित्तको शेयर ४.०८ प्रतिशत र ३.८५ प्रतिशतले घटेको छ।
८) आज नेप्सेमा नेपाल ईन्भेष्टमेन्ट बैंकको बोनस शेयर र सिनर्जी फाइनान्सको राईट शेयर सुचीकृत भएको छ।
