नेप्से अपडेटः ७ बुँदामा आज आइतबारको शेयर बजारको मुख्य हाईलाईटहरु जान्नुहोस्।
तलका ७ बुँदामा जान्नुहोस् आजको नेप्से बजारको महत्वपूर्ण तथ्यांक।
१) साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से १७.११ अंकले घटेको छ। नेप्से सूचक १२५२.८० अंकमा बन्द भएको छ। आज म्युचल फण्ड बाहेक सबै समूहको उप-सूचक घटेको छ।
२) आजको बजारको कारोबार मूल्य ४९.२७ करोडको रहेको छ। आज १६६ कम्पनीको शेयर कारोबार भएको हो।
३) आज सबैभन्दा बढी कारोबार कृषि विकास बैंकको भएको छ। कृषिको ४.०८ करोड बराबरको शेयर कारोबार भएको छ। यस्तै नेपाल बैंक र छिमेक लघुबित्तको पनि क्रमश ४.०२ करोड र २.४० करोड मूल्यको उच्च शेयर कारोबार भएको छ।
४) धेरै कारोबार हुने कम्पनीको सूचीमा पहिलो दश स्थान मध्ये ६ वटा स्थान बैंकले ओगटेको छ। उच्च कारोबार हुने अरु कम्पनीमा शिवम् सिमेन्टस्, अप्पर तामाकोशी र यूनाइटेड इन्सुरेन्स रहेको छ।
५) अधिकांश कम्पनीको शेयर मूल्य घटेको दिन आज सृजना फाइनान्स, यूनिभर्सल पावर र एनएमबी सूलभ फण्डको मूल्य ९.७२, ४.६०, ३.५९ प्रतिशतले बढेर क्रमश रुपैया २३७,९१,११.२६ मा कारोबार बन्द भएको छ।
६) यस्तै यूनियन हाईड्रोपावर,यूनाइटेड इन्कोसुरेन्स र पाँचथर पावरको शेयर मूल्य आज ८.२४, ६.१२, ५.७१ प्रतिशतले घटेर क्रमश रुपैया ७८, ७९८, १३२ मा कारोबार बन्द भएको छ।
७) आज नेप्सेमा एनएमबी बैंकले विशेष साधारण सभा साउन २८ गते गर्ने जानकारी दिएको छ। यस्तै १०ः२ हकप्रद शेयरको लागी मुक्तिनाथले बुकक्लोज मिति साउन ३१ लाई तोकेको छ। यस्तै नेको इन्सुरेन्सले भाद्र १४ मा साधारण सभा गर्ने जानकारी गराएको छ।
