चार वर्षमै करिश्मा ढकालका हजार भन्दा बढी म्यूजिक भिडियो

Investopaper, जेष्ठ २५, २०७६

२० वर्षीया करिश्मा ढकालले अहिलेसम्म एक हजारभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । अहिलेकी चर्चित र व्यस्त मोडलमा पर्ने करिश्मा चार वर्षअघिदेखि मात्रै म्युजिक भिडियो दुनियाँमा प्रवेश गरेकी हुन् । 

‘कलाकारिताप्रति सानैदेखि रुचि थियो । स्कुलका कार्यक्रममा नाच्ने, पुरस्कार जित्ने गर्थें,’ करिश्मा भन्छिन्, ‘पहिलोपटक अंकल अन्टीले ‘सेल्फी सेल्फी’ बोलको तीज गीतमा नाच्ने मौका दिनुभयो । त्यहीँबाट मेरो करिअर सुरु भयो ।’ करिश्माले पहिलो भिडियोको गीत वसन्त थापा र लक्ष्मी मल्लले गाएका थिए भने श्रीकृष्ण बम मल्लको शब्द थियो । त्यो तीज गीत निकै चलेपछि उनको डिमान्ड बढ्न थाल्यो । 

विशेषगरी सुरुका वर्ष उनलाई तीज गीतका भिडियोमा अभिनय गर्ने अफर आइरह्यो । ‘एकचोटी त मैले एक महिनामा सत्तरी वटासम्म तीज म्युजिक भिडियोमा काम गरेँ,’ उनी सुनाउँछिन्,‘तीज नजिकिँदै जाँदा तीज भिडियोको सिजन हुन्छ । त्यसैले, म भ्याएसम्म काम गर्छु ।’ 

एकै दिनमा पाँच वटासम्म भिडियो खेलेको अनुभव हासिल गरेको बताउने करिश्मा खासमा हिरोइन बन्न चाहन्छिन् । भन्छिन्, ‘म यही कलाकारिता क्षेत्रमै नाम उचो बनाउन चाहन्छु । मलाई अब हिरोइन बन्ने इच्छा छ ।’ उनलाई हिरोइन बन्ने अफर पनि आइरहेको रहेछ । ‘तर, प्रोजेक्टहरू त्यत्ति चित्तबुझ्दो नलागेकाले एसेप्ट गरेकी छैन ।’ उनको भनाइ छ । 

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले आयोजना गरेको म्युजिक अवार्ड, नेपाल म्युजिक अवार्ड, विन्ध्यवासिनी म्युजिक अवार्ड, ओएस म्युजिक अवार्ड, सुन्दरादेवी म्युजिक अवार्डलगायतमा उत्कृष्ट मोडलको अवार्ड जितिसकेकी उनी लिभर पुलमा बिबिएस पहिलो वर्ष अध्ययनरत छिन् । पढाइका साथै मोडलिङ र अभिनयलाई समेत एकसाथ अघि बढाइरहेकी उनी आफूलाई परिवारको पूर्ण साथ रहेको बताउँछिन् । याे समाचार नयां पत्रिकामा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *