प्रेरणादायी दाजुबहिनीः जसले पूरा गरे ९५ वर्षको उमेरमा स्नातकको पढाइ

Investopaper,   जेष्ठ ३१, २०७६ 

मानिसलाई पढाइका लागि उमेरले छेक्दैन भन्ने उदाहरण अमेरिकाका दाजुबहिनीले प्रस्तुत गरेका छन् । ९५ वर्षिय दाजु र ९४ वर्षिया बहिनीले स्नातक तहको पढाइमा सफलता हासिल गर्दै संसारलाई चकित तुल्याएका छन् । जर्ज रेमिरेज र एनिता रेमिरेज नाम गरेका दाजुबहिनीले ८० वर्षभन्दा लामो समय बितेपछि स्नातक तहको पढाइ पूरा गरेका हुन् ।

जर्ज रेमिरेज जवान उमेरको हुँदा तत्कालिन समयमा विश्व युद्ध चलिरहेको थियो । यहीक्रममा घरको आर्थिक अवस्था पनि नाजुक हुँदै गएपछि उनले आफ्नो पढाइ छाडेर जागिर खान थालेका थिए ।

रोजगारीकै शिलशिलामा उनले अमेरिकन आर्मीको ट्यांक ड्राइभरको रुपमा काम गरेका थिए । त्यसपछि पल्टनबाट घर फर्किएका उनले विवाह गरे । अहिले उनको सात जना छोराछोरी छन् । जर्ज तथा एनिताले आफ्नो घरपरिवार तथा देशका निम्ति लड्ने क्रममा विद्यालयको पढाइ छाडेका थिए । पढाइ छाडेका यी दाजुबहिनीले दशकौँ पछि फेरि आफ्नो पढ्ने इच्छा पूरा गरेका हुन् ।

– एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *