अमेरिकी कम्पनीहरूको ट्रम्पलाई आग्रहः चीनसँगको व्यापार युद्ध रोक

Investopaper,   असार ०१, २०७६ 

वासिङटन- वालमार्ट समेत ६०० भन्दा बढी अमेरिकी कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध रोक्नका लागि आग्रह गरेका छन् । चीनमाथि आयात शुल्क ल
वालमार्ट समेत ६०० भन्दा बढी अमेरिकी कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध रोक्नका लागि आग्रह गाउनाले अमेरिकी अर्थतन्त्रमा नोक्सानी पुग्ने भन्दै उनीहरुले अमेरिकी राष्ट्रपतिलाई युद्ध रोक्नका लागि चेतावनी दिएका हुन् ।

यसबाट अमेरिकी नागरिकको रोजगारी गुम्ने र हजारौ उपभोक्ता प्रभावित हुने तर्क उनीहरुले राखेका छन् । अमेरिकी सञ्चार माध्यमका अनुसार खुद्रा बिक्रेता, म्यानुफ्याक्चरर तथा प्रविधि क्षेत्रका कम्पनी समेत अमेरिकाका उद्योग संगठनले ट्रम्पलाई चिठ्ठी लेखेर चीनसँगको व्यापार युद्ध रोक्नका लागि माग गरेका छन् ।

अतरिक्त आयात शुल्क लगाउनाले अमेरिकाको व्यापार, किसान तथा सामान्य मानिसममा लामो अवधिसम्म नकारात्मक असर पर्ने अमेरिकी कम्पनीको भनाई छ । व्यापार युद्धले दुवै देशलाई हानी पुग्ने तर्क उनीहरुको छ ।

गत महिना अमेरिकाले २०० अर्ब डलरका चिनियाँ आयातमा शुल्क १० प्रतिशचतबाट बढाएर २५ प्रतिशत पु-याएको थियो । भन्सार शुल्क बढेका सामग्रीमा लगेज, म्याट्रेस, ह्यान्डब्याग, साइकल, भ्याक्यूम क्लिनर तथा एसी समावेश छन् । ट्रम्पले ३०० अर्ब डलरका अतिरिक्त आयातमा पनि भन्सार शुल्क लगाउने धम्की दिएका छन् । यसमा खेलौना, कपडा, जुत्ता, टिभी तथा घरेलु उपकरण समावेश छन् ।

अमेरिकी कम्पनीका अनुसार चीनबाट आउने बस्तुमा आयात शुल्क लगाउनाले शुल्क चीनले होइन उनीहरुलेनै व्यहोर्नु पर्नेछ । यसमा वृद्धि हुने तथा अमेरिका–चीनबीचको व्यापार वार्तालाई लिएर देखिएको अनिश्चितताका कारण बजारमा हाहाकार मच्चिएको छ ।

कम्पनीको एक नयाँ रिपोर्टका अनुसार ३०० अर्ब डलरका अतिरिक्त चिनियाँ आयातमा २५ प्रतिशतको भन्सार शुल्क लाग्नाले ४ सदस्यीय अमेरिकी परिवारको औसत मासिक खर्च २००० डलरले बढ्नेछ ।

औद्योगिक संगठनसँग काम गर्ने कन्सल्टिङ फर्म ट्रेड पार्टनरसिपका अनुमान अनुसार कपडा बनाउने कम्पनीले चीन बाहेकका अन्य क्षेत्रमा उत्पादन गरेर निर्यात गरेपनि अमेरिकामा कपडाको मूल्य ५ प्रतिशत महँगो हुन जान्छ ।

शुल्क बढ्नाले जुत्ता ८ प्रतिशत र खेलौना १६ प्रतिशत महँगो हुन जान्छ । अमेरिकामा यी दुवै बस्तुको सबैभन्दा ठूलो आपूर्तिकर्ता मुलुकको रुपमा चीन रहदै आएको छ । नाइक, एडिडास तथा अन्डर आर्मर जस्ता कम्पनीले मे महिनामा चीनबाट आयात हुने जुत्तामा २५ प्रतिशतको शुल्क लागु भयो भने ग्राहकलाई ठूर्लै समस्या आउने चेतावनी दिएका थिए ।

रिपोर्टका अनुसार आयात शुल्क बढ्नाले घरेलु उपकरणको मूल्य ३ प्रतिशतले बढ्न जाने छ । यात्रासँग सम्बन्धित सामग्री १० प्रतिशत महँगो हुन जान्छ । नेशलन रिटेल फेडरेसनका वरिष्ठ उपाध्यक्ष डेभिड फ्रेन्चका अनुसार नयाँ शुल्क लगाउनाले ट्रम्पको भोट बैंक पनि प्रभावित हुन्छ ।

-एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *