स्पेनिस फूटबलर फर्नान्डो टोरेसले खेलजीवनबाट संन्यास लिए
Investopaper, असार ०७, २०७६
सन् २०१० मा विश्वकप जितेको स्पेनी टोलीमा महत्त्वपूर्ण खेलाडी फर्नान्डो टोरेसले फुटबलबाट सन्यास लिएका छन् ।
३५ वर्षका टोरेसले एथ्लेटिको मड्रिड, लिभरपुल, चेल्सी जस्ता क्लबमा फुटबलको १८ वर्ष बिताए । एट्लेटिकोका लागि ३ सय ३४ खेलमा उनले १ सय ११ गोल गरे । लिभरपुलका लागि १ सय ४२ खेलमा ८१ गोल गरेका टोरेसले चेल्सीबाट १ सय ७२ खेलमा ४५ गोल गरेका छन् ।
स्पेनको राष्ट्रिय टिमबाट ११० खेल खेलेका टोरेस २००८ को युरोकप, २०१० को विश्वकप र २०१२ को युरोकप जित्दा स्पेन टिममा महत्वपूर्ण खेलाडी थिए । उनले स्पेनका लागि ३८ गोल गरेका छन् ।
टोरेसले अहिले जापानी क्लब सागन तोसुका लागि खेलिरहेका छन् । उनले थपे, ‘अबको आइतबार टोकियोमा हुने कार्यक्रममा सबै जानकारी दिनेछु ।’ सन् २०१५ मा आफ्नो बच्चादेखिको क्लब एट्लेटिकोमा फर्केका टोरेसले गत सिजन जापानलाई नयाँ गन्तव्य बनाएका थिए ।
- एएफपी
