विश्वकप क्रिकेट २०१९ : न्युजिल्यानण्डकाे अपराजित यात्रामा ब्रेक

Investopaper, असार १२, २०७६ 

न्युजिल्यान्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे अपराजित यात्रामा ब्रेक लागेकाे छ । विश्वकपअन्तर्गत बुधबार बर्मिङ्घमको एजबास्टनमा भएको खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएपछि न्युजिल्याण्डले पहिलो हार बेहोरेको हो।

न्यूजिल्याण्डले यसअघि खेलेका ६ खेलमध्ये एक खेल वर्षाले प्रभावित पारेको थियो भने पाँच खेलमा सहज जित निकालेको थियो। न्यूजिल्याण्डका शुरूवाती व्याटस्मेनहरूले राम्राे रन बनाउन नसक्दा खेल धरमराएकाे थियाे । ६४ रनकाे याेगफल खडा हुंदासम्ममा पतझडकाेरूपमा ४ विकेट झरिसकेकाे थियाे ।

धैर्यतापूर्वक खेलेका कप्तान केन विलियम्सन, जेम्स निसाम र कोलिन डे ग्रान्डहोमले सम्मानजनक योगफलसम्म डोर्‍याएका थिए। न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ३७ रनको योगफल खडा गर्‍यो। लामो समय क्रिजमा डटेका निसाम ९७ रनमा अविजित रहे। उनले एक सय १२ बल खेल्दै तीन छक्का र पाँच चौकाको हिर्काए। यसैगरी ग्रान्डहोमले ६४ रन बनाए। उनले ७१ बलमा एक छक्का र ६ चौका प्रहार गरे।

न्युजिल्यान्डले दिएको दुई सय ३८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले पाँच बल बाँकी छँदा चार विकेट गुमाएर विजय लक्ष्य भेट्टायो। पाकिस्तानका लागि बाबर आजमले शतकीय पाली खेले। तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान उत्रिएका उनले एक सय २७ बलमा ११ चौकाको मद्दतमा एक सय एक रन बनाए। यसैगरी हरिस सोहेलले पनि अर्धशतक बनाए। उनले ७६ बलमा ६८ रन बनाए।

निकै किफायति बलिंग गरेका पाकिस्तानका सहिन अफ्रिदीले तीन विकेट लिए। अफ्रिदीले १० अाेभरमा २८ रन मात्र दिएका थिए । उनकाे शुरूवाती विकेटले न्यूजिल्याण्डलाइ का स्काेरमा समेटन ठूलाे भूमिका खेल्याे ।

  • एजेन्सी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *