पत्याउनै गाह्राे : आमाको सौता बन्न बाध्य पारिने अनाैठाे प्रथा !
Investopaper, असार १६, २०७६ I
विवाहको प्राचीन कालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सुर्य र सुर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन् । विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप ऋग्वेदमा उल्लेख छन् । अर्थात् विवाहको चलन त्यस बेला पनि प्रचलित थियो ।
चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कारबारे उल्लेख छ । मानव जीवनलाई आदर्श रूपमा सञ्चालन गर्न विवाहको चलन भएको हो । हिन्दू समाजमा आफ्नो सम्पत्ति अरूलाई दान दिँदा संकल्प पढेर विधिपूर्वक दिने चलन भएजस्तै कन्याका पिताले आफ्नी छोरी अरूलाई सुम्पिदा धार्मिक विधि अपनाउने गरिएको देखिन्छ ।
त्यसैगरी, संसारमा विवाहलाई लिएर अनेक प्रथा प्रचलनमा छ । जुन सबै देशमा सामान्य रूपमा लिन सम्भव हुँदैन । त्यस्तै अनाैठाे प्रचलन छ, बंगलादेशमा । जहाँका एक जनजातिको विवाहको प्रचलन निकै अनौठो छ । उनीहरुको प्रचलन अनुसार छोरीलाई नै आमाको सौता बन्न बाध्य पारिन्छ ।
बंगलादेशको दक्षिण पूर्व माधोपुर जंगलमा बासोबास गर्दै आएका वाली मन्डी जनजातिमा यो परम्परा रहेको छ । जहाँ आमा र छोरी दुवैले एउटै पुरुषसँग विवाह गर्नुपर्ने वाध्यता रहेको छ । यदि कुनै महिलाको पतिको मृत्यु पहिले भयो भने उनले आफ्ना पतिको परिवारका कुनै एक सदस्यसँग विवाह गर्नुपर्ने हुन्छ ।
त्यसैगरी, यदि कुनै महिलाको श्रीमानको कम उमेरमा नै निधन हुन्छ र उनकी छोरी हुन्छिन् भने उनीहरुको एउटै मण्डपमा एकै पतिको साथमा विवाह गरिन्छ । ती छोरी सानैदेखि नै पितासँग विवाह गर्ने सपना देख्ने गर्छिन् किनकी उनको समुदायको विवाहको प्रथा नै त्यस्तै रहँदै आएको छ । यो परम्परा सम्पत्तिको अंशबन्डा रोक्नको लागि निभाउने गरिन्छ ।
यस समुदायको मुखिया महिला हुने चलन रहेको छ । यदि कुनै युवतीले यो परम्परा तोड्ने प्रयास गरेमा सजाय दिने गरिन्छ । र, उनलाई समाजबाट निकाला गरिन्छ । छोरीलाई आमाले नै यस्तो परिस्थितीमा पुर्याउँछिन् कि उनी आफ्ना सौताने पिताका साथ शारीरिक सम्बन्ध बनाउँन बाध्य हुन्छिन् ।
- एजेन्सी
