नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा : कप्तानमा पारस खड्का
Investopaper, असार १६, २०७६
पारस खड्काको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । पारसको कप्तानीमा नेपालले ६ देखि १२ साउनसम्म आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको छनोटमा सहभागिता जनाउनेछ ।
प्रशिक्षक उमेश पटवाल र पारससहितको छनोट समितिले आइतबार १४ सदस्यीय टोली घोाषणा गरेको हो । छनोटमा नेपालसहित सिंगापुर, कुवेत, मलेसिया र कतारले राउन्डरोबिन आधारमा प्रतिस्पर्धा गर्नेछन् । राउन्डरोबिन लिगको विजेता टोली ग्लोबल छनोटमा प्रवेश गर्नेछ ।
ग्लोबल छनोटको विजेताले सन् २०१९ मा युएईमा हुने टी–२० विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीमा शरद भेषवाकर र रोहितकुमार पौडेलले पुनरागमन गरेका छन् ।
छनाैट भएका नेपाली टोलीकाे नामावली :
पारस खड्का (कप्तान), अभिनाश बोहरा, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी
वैकल्पिक खेलाडी :
कुशल भुर्तेल, जितेन्द्रकुमार मुखिया, सुसन भारी, मोहमद आरिफ सेख
