सबैको लघुबित्तको नतिजा हेर्नुहोस्। ८३.६% काे हात खाली।

Investopaper, श्रावण १०, २०७६ 

सबैको लघुवित्त वित्तीय संस्थाको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । आइपीओमा रितपूर्वक आवेदन दिएका ३ लाख १ हजार ७३८ जना आवेदकमध्ये ४९ हजार ५२५ जनाले सेयर पाएका छन् ।

उनीहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले सेयर दिइएको हो । आइपीओमा ४५४ जनाको आवेदन रद्द भएको छ ।

सबैको लघुवित्तले गत साउन १ गतेदेखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ०.५% (८ हजार २५० कित्ता) कम्पनीका कर्मचारी र ५% (२६ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणलाई बिक्री गरिएको हो ।

आईपीओ बाँडफाँडपछि लघुवित्त कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ। लघुवित्तमा संस्थापकतर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी कायम छ।

नतिजा हेर्नलाई यहाँ क्लिक गर्नुहोस्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *