गौरिका र शाहको राष्ट्रिय कीर्तिमान : विश्व प्रतिस्पर्धाकाे लागि धेरै सुधार गर्नु पर्ने

Investopaper, श्रावण १०, २०७६ 

काठमाडौं । दक्षिण कोरियामा जारी १८ औं फिना विश्व च्याम्पियनसिपमा नेपाली खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन् । तर विश्वका खेलाडी संग प्रतिस्पर्धी बन्न धेरै सुधारकाे खांचाे छ ।

गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा बिहीबार १ मिनेट ६२ मिलिसेकेन्डमा दुरी पुरा गरेकी थिइन । उनले १ मिनेट ७९ मिलिसेकेन्डको पुरानो आफ्नै कीर्तिमान सुधारेर नयां राष्ट्रिय रेकर्ड कायम गर्न सफल भइन । यस प्रतियोगितामा सहभागी ९३ खेलाडीमध्ये उनी ६९औँ स्थानमा रहिन् । 

यस्तै, एलेक्जेन्डरले १ सय मिटर फ्रीस्टाइलमा ओलम्पियन शिरिष गुरुङको कीर्तिमान तोडन सफल भए । एलेक्जेन्डरले ५६.२८ सेकेन्डमा दुरी पूरा गर्दै नयाँ रेकर्ड राखेका हुन । । यसअघि शिरिषकाे नाममा ५७.६९ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियाे । सोलमा एलेक्जेन्डर सहभागी १२० खेलाडीमध्ये १०२औँ स्थानमा रहे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *