सुनको मूल्यमा नयाँ कीर्तिमान, ५ सय रुपैयाँ बढेर ७० हजार कायम
Investopaper, श्रावण २३, २०७६
आज (साउन २३,२०७६) विहीबारको दिन नेपाली बजारमा सुन चांदीकाे मूल्य बढेर इतिहासमा सबैभन्दा महंगाे भएकाे छ। सुनको मुल्य प्रति ताेला रु ५००।- ले बृद्धी भै हालसम्मकै उच्च मूल्य कायम भएकाे छ । छापावाल सुन आज रु. ७०,०००।- प्रति तोलामा मा काराेवार भएको छ । जुन यस अहिलेसम्मकै उच्च मूल्य हाे । हिजाे बुधबारकाे नेपाली बजारमा सुन रु. ६९ हजार पांचसय रूपैयांमा कारोबार भएको थियो।
यस्तै तेजावी सुनको मूल्य ६९,७००।- रुपैँया रहेको छ। तेजावी सुनकाे मूल्य पनि अहिले सम्मकै महंगाे हाे ।
सेताे धातु चाँदीको मूल्यमा पनि रू १५।- प्रतिताेलाले बृद्धी भएकाे छ । चाँदि हिजाे रू. ८१०।- मा खरिदबिक्री भएकाे थियाे भने आज रु. ८२५।- प्रति तोलामा कारोबार भईरहेको नेपाल सुनचांदी व्यवशायी संघले जनाएकाे छ।
