आइसिसीले सार्वजनिक गरेको टी–२० ब्याटिङ वरीयतामा पारससको सनसनी

Investopaper, श्रावण २३, २०७६

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको टी–२० ब्याटिङ वरीयतामा नेपालका कप्तान पारस खड्काले १५ स्थान सुधार गरेका छन । कप्तान पारस नयाँ वरीयताको ६६औँ स्थानमा उक्लिएका छन् ।

नेपालका कप्तान पारस खड्का, भारतीय राष्ट्रिय टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी र वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलभन्दा वरीयतामा अगाडी ।

वरीयताकाे पहिलाे स्थानमा ८९६ प्वाइन्ट प्राप्तगरि पाकिस्तानका बावर आजम छनभने न्यजिल्याण्डका काेलिन मुन्द्राे दाेश्राे तथा अष्ट्रेलियाका म्याक्स्वेल तेश्राे वरीयतामा छन । उनीहरूले क्रमश ८२५ र ८१५ प्वायन्ट आर्जन गरेका छन ।

नेपालका कप्तान पारस खडकाले ४१७ रेटिङ प्वाइन्टसहित ६६औँ स्थानमा कव्जा जमाएका छन । यता भारतका विकेटकिपर ब्याट्सम्यान धोनी वरीयताको ६७औँ स्थानमा छन् । सन् २०१६ मा वेस्ट इन्डिजलाई टी–२०  विश्व च्याम्पियन बनाएका गेल पारसभन्दा सात स्थान तल परेका छन् । गेल ७३औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । धोनीले चार सय १५ तथा गेलले तीन सय ८२ रेटिङ अंक बटुले ।

अलराउण्डर नतिजामा पनि पारसकाे छलाङ

टी–२० क्रिकेटको अलराउन्डरतर्फको वरीयतामा पारसले छलाङ मारेका छन् । उनले यसपटक एकैपटक १५ स्थान सुधार गरेका हुन् । ताजा वरीयताअनुसार पारस अलराउन्डरतर्फ ९० प्वाइन्ट हासिलगरि २६औँ स्थानमा छन् । मलेसियाविरुद्धको टी–२० शृंखला र टी–२० विश्वकपअन्तर्गत अन्तिम चरणको एसियाली छनोट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा कप्तान पारस अलराउन्डरतर्फको वरीयतामा उकालो लागेका हुन् ।

अलराउण्डरतर्फ अष्ट्रेलियाका म्याक्स्वेल ३९० प्वाइन्टसहित पहिलाे नंम्वरमा छन भने वंग्लादेशका सकिव अल हसनले ३३८ प्वाइन्टसहित दाेश्राे स्थानमा छन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *