कृषि विकास बैंक पनि कनेक्ट आइपिएस प्रणालीमा आबद्ध

Investopaper, श्रावण २३, २०७६

नेपाल क्लियरिङ हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस इ-पेमेन्ट प्रणालीमा कृषि विकास बैंक पनि आवद्ध भएको छ। अब बैंकका ग्राहकहरुले आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भूक्तानी गर्न पाउने भएकाछन।

यो प्रणाली मार्फत कृषि विकास बैंकका ग्राहकहरूले अाफ्नाे खातालाई कनेक्ट आइपिएससंग लिंक गरेर भूक्तानी लगायतका सेवा पाउने कम्पनीले जनाएको छ।

यो प्रणालीमार्फत राजस्व भूक्तानी, लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिनेछ।

नेपाल राष्ट्र वैक र विभिन्न बैंकहरू द्वारा प्रबर्धित यो प्रणालीमा अहिलेसम्म ५७ वटा बैंक तथा वित्तिय संस्थाले सम्झौंता गरेर ५१ वटाले सेवा दिइरहेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *