नेपाल बङ्गलादेश बैंकले गर्याे आकर्षक प्रगति ! बैंकका सूचकांकहरू कस्ता छन त ?

Investopaper, श्रावण ३०, २०७६

नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा आकर्षक तथा सुधारिएकाे वित्तीय विवरण सार्वजानिक गरेको छ। अघिल्लो आवमा १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले  गत आवमा १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमएको हो। यसरी ४१.५६ प्रतिशतले खुद नाफा बढाएको छ ।

समिक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा प्रवाह क्रमश २४.५० र २८.९९ प्रतिशतले बढाउँदा उसको निष्कृय कर्जा अनुपात भने केही बढेर गएको देखिन्छ। बैंकको निष्कृय कर्जा अनुपात १.१३ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ।

वैंकले गत अवधिमा प्रतिशेयर आम्दानी र जगेडा काेषमा राम्राे सुधार गरेकाे छ । प्रति शेयर आम्दानी करिव ३४ प्रतिशतले बढेर २० रूपैंया पुगेकाे छ भने जगेडा काेषमा २२.६२ प्रतिशतले बृद्धी भै तीन अरव बत्तिस कराेड पुर्याएकाे छ ।

नेपाल वग्लादेश वैंकका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेका छनः

  • वैंकको चुक्ता पूंजी ८ अरव ८ कराेड ८३ लाख रहेकाे छ ।
  • यस अवधिमा भाखा नाघेकाे कर्जा १.५६ प्रतिशत छ,
  • यस अवधिमा वैंकको प्रति सेयर आम्दानी (ईपिएस) २० रूपैया ०२ पैसा,
  • प्रति सेयर नेटवर्थ १५३ रूपैंया ९१ पैसा,
  • आधार ब्याजदर १०.०२ प्रतिशत ,
  • कोषको लागत ७.६ प्रतिशत
  • पूंजी काेष अनुपात १३.७५ प्रतिशत,
  • सीसीडि ७२.८८ प्रतिशत र
  • मूल्य आम्दानी अनुपात ११.०९ गुणा रहेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *