आज सुनचाँदीको मूल्य ह्वात्तै बढ्याे, घटनेक्रम एक दिन पनि टिकेन
Investopaper, श्रावण ३०, २०७६
आज (साउन ३० गते, २०७६) बिहीबारका दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा ह्वात्तै बृद्धी भएकाे छ । महिनाै दिनसम्मकाे लगातार बृद्धीपछि एकाएक हिजाे ह्रास आएकाे थियाे भने फेरी अाज बढेर नयाँ उचाइकाे रेकर्ड कायम गरेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार अाज विहीवार छापावला सुनको मूल्य १२००।- रूपैयाले बढेर प्रति ताेला ७१ हजार ५ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे मंगलबार छापावाल सुन प्रतिताेला ७० हजार ३ सय तथा तेजावी सुन ७० हजारमा काराेवार भएकाे थियाे ।
त्यसैगरी सुनको मूल्य संगसंगै चाँदीको मूल्य पनि प्रति ताेला २० रूपैयाले बढेर ८४०।- मा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्यमा प्रतितोला ८२० रुपैयाँ थियाे । याे हालसम्मकै उच्च मूल्य हाे ।
