नेपाल बङ्गलादेश बैंकले गर्याे आकर्षक प्रगति ! बैंकका सूचकांकहरू कस्ता छन त ?
Investopaper, श्रावण ३०, २०७६
नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा आकर्षक तथा सुधारिएकाे वित्तीय विवरण सार्वजानिक गरेको छ। अघिल्लो आवमा १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आवमा १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमएको हो। यसरी ४१.५६ प्रतिशतले खुद नाफा बढाएको छ ।
समिक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा प्रवाह क्रमश २४.५० र २८.९९ प्रतिशतले बढाउँदा उसको निष्कृय कर्जा अनुपात भने केही बढेर गएको देखिन्छ। बैंकको निष्कृय कर्जा अनुपात १.१३ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ।
वैंकले गत अवधिमा प्रतिशेयर आम्दानी र जगेडा काेषमा राम्राे सुधार गरेकाे छ । प्रति शेयर आम्दानी करिव ३४ प्रतिशतले बढेर २० रूपैंया पुगेकाे छ भने जगेडा काेषमा २२.६२ प्रतिशतले बृद्धी भै तीन अरव बत्तिस कराेड पुर्याएकाे छ ।
नेपाल वग्लादेश वैंकका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेका छनः
- वैंकको चुक्ता पूंजी ८ अरव ८ कराेड ८३ लाख रहेकाे छ ।
- यस अवधिमा भाखा नाघेकाे कर्जा १.५६ प्रतिशत छ,
- यस अवधिमा वैंकको प्रति सेयर आम्दानी (ईपिएस) २० रूपैया ०२ पैसा,
- प्रति सेयर नेटवर्थ १५३ रूपैंया ९१ पैसा,
- आधार ब्याजदर १०.०२ प्रतिशत ,
- कोषको लागत ७.६ प्रतिशत
- पूंजी काेष अनुपात १३.७५ प्रतिशत,
- सीसीडि ७२.८८ प्रतिशत र
- मूल्य आम्दानी अनुपात ११.०९ गुणा रहेकाे छ ।
