दुई मुख भएकाे माछा भेटियाे, फाेटाे सेसनपछि समुद्रमै छाडियाे

Investopaper, भाद्र ०६, २०७६

याे संसार विचित्रकाे छ । हामीले नसुनेका नदेखेका अदभूत लाग्ने घटनाहरू विश्वका कुनै न कुनै कुनामा घटिरहेका हुन्छन । यस्तै घटना अमेरिकामा देखिएकाे छ ।

अमेरिकाको चैम्प्लेन नदीमा डेबी गेडेस नाम गरेकी एक महिला पतिसँग माछा मार्न गएकी थिइन् । माछा मार्ने क्रममा कस्तो हुने हो उनलाई थाहा थिएन । तर, माछा मार्ने क्रम जारी राखिन् । यसै क्रममा उनले एउटा माछा समाइन् । जब उनले माछा हेरिन तब उनी दंग परिन् । समाचारमा जनाइएअनुसार उनले दुई मुख भएको माछा समातेकी थिइन् ।

माछा समातेपछि डेबीले भनेकी छन्, ‘जब यो माछा किनारमा ल्याएँ, तब मलाई विश्वास नै लागेन, के देखिरहेछु भनेर ।’ मैले दुई मुख भएको माछा समातेकी रहेछु । यो माछा साह्रै अभ्दुत थियो । उनीहरुले यस माछासँग फोटा खिचेर पुनः सोही नदीमा छोडिदिएका छन् ।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *