नियमावली संशाेधनः मन्त्रिपरिषद् बैठक भिडियो कन्फरेन्सबाट गर्न सकिने

Investopaper, भाद्र ०६, २०७६

प्रधानमन्त्री स्वदेश वा विदेश रहेका बेला अब भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न सक्ने भएको छ । नेपाल सरकार (कार्यसम्पादन) नियमावली २०६४ लाई संशोधन गरी मन्त्रिपरिषद् बैठकले यस्तो व्यवस्था गरेको हो ।

यसअघि प्रधानमन्त्री सशरीर उपस्थित भएपछि मात्र मन्त्रिपरिषद् बैठक बस्थ्यो । सूचना प्रविधिकाे नयां युगमा नेपाल सरकारले पनि नियमावली परिमार्जन गरि नाैलाे कामकाे थालनी गर्नुलाइ सुखद रूपमा लिनु पर्दछ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भदौ १, २ र ४ गतेका मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै भने, ‘अब प्रधानमन्त्री विदेश हुँदा पनि मन्त्रिपरिषद् बैठक बस्न सक्नेछ ।’

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली केही समय सिंगापुरमै बस्नुपर्ने भए उनी भिडियोमार्फत मन्त्रिपरिषद् बैठकमा उपस्थित हुनेछन्। यसपटक ओलीको सिंगापुर बसाई कति लामो हुन्छ भन्ने टुंगो छैन।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले आफ्नो स्वास्थ्य परीक्षणलाई उत्तिकै महत्व दिँदै आएका छन्। उनको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको थियो।

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *