राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क झण्डै दाेब्बर, खुद नाफा कति ?

Investopaper, भाद्र ०६, २०७६

राष्ट्रिय बीमा संस्थानको गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा बीमा शुल्क करिब दाेब्बरले बृद्धी गरेकाे वित्तीय बिवरण सार्वजनिक गरेकाे छ । संस्थानले यस अवधिमा ६ अर्ब ३५ करोड ३८ लाख खुद बीमा शुल्क आर्जन गरेर गरेको छ। अघिल्लो वर्ष संस्थानले ३ अर्ब १६ करोड रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो।

यस अवधिमा संस्थानले बीमाङ्कीय मूल्याङ्कन अघि ५ करोड ७० लाख २३ हजार रुपैयाँँ खुद नाफा कमाएको छ। जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८८.८४ प्रतिशत अर्थात ३ करोड ७२ लाख ८० हजार रुपैयाँले बढी हो।

समिक्षा अवधिमा कम्पनीकाे जीवन विमा काेषमा २० अर्ब ६४ करोड ८७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमासको तुलनामा कम्पनीको जीवन बीमा कोष ४ अर्ब ९२ करोड ३४ लाख रुपैयाँले बढेको हो।

हाल १८ करोड १० लाख रुपैयाँ मात्र चुक्ता पूँजी रहेकाे छ, जुन नियामक निकायले ताेकेकाे जीवन विमा कम्पनीकाे २ अर्वकाे चुक्ता पूँजी भन्दा निके कम हाे । चुक्ता पूँजी भन्दा संस्थानले जगेडा कोष बढी रहेकाे छ । जगेडा काेषमा २२ करोड ६७ लाख रुपैयाँ सञ्चित छ।

संस्थानको जगेडा कोषमा अघिल्लो आर्थिक वर्षको असारमसान्त सम्ममा १५ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ संचित थियो ।

पहिला एउटै कम्पनी भएपनि निर्जिवन तर्फकाे काराेवार अलग भै राष्ट्रिय विमा कम्पनीकाे स्थापना भएकाे छ। हाल सम्म जीवा विमा तर्फकाे राष्ट्रिय विमा सस्थानले सर्वसाधारणकाे लागि शेयर जारी गरेकाे छैन । गत आवमा संस्थानको वार्षिक प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ५० पैसा कायम भएको छ।

नागरिक लगानी कोषले प्रदान गर्दै आएको राष्ट्रसेवक कर्मचारीको बीमा सेवा यस आर्थिक वर्षदेखि राष्ट्रिय बीमा संस्थानलाई हस्तान्तरण भएकोले खुद बीमा शुल्क उल्लेख्य बढेको हो। संस्थान राष्ट्र सेवक कर्मचारीहरुबाट ३ अर्ब ७ करोड ८२ लाख बीमा शुल्क संकलन गरेको संस्थानले जनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *