कर्पाेरेट ब्याडमिन्टन टुर्नामेन्टमा कामना सेवाको जित
Investopaper, असाैज ०८, २०७६
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजित ‘अन्नपूर्ण पोष्ट कार्पाेरेट र एक्जिक्यूटिभ ओपन ब्याडमिन्टन टुर्नामेन्ट ’ मा कामना सेवा विकास बैंकले एकल र संयुक्त दुवैतर्फ जित हासिल गरेको छ ।
यहि असोज ६ देखि १२ सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा एकल तर्फ कामना सेवा विकास बैंकका दीप शाखाका शाखा प्रमुख विशाल खड्का र संयुक्त तर्फ विशाल खड्का एवं विश्वास नेपालकाे जाेडिले जित हासिल गरेकाे छ ।
प्रतियोगिताका हाल सम्मका ६ वटै संस्करणमा विजेता रहेका विशालले फाइनलमा ज्योति विकास बैंकका विकास महर्जनलाई २१–१२ र २१–१३ को साेझाे सेटमा पराजित गर्न सफल भए । विजेता कर्मचारीलाई कामना सेवा विकास बैंकले केन्द्रिय कार्यालय ज्ञानेश्वरमा बधाई सहित सम्मान गरेको थियो ।
