मुक्तिनाथ विकास बैंकद्धारा टरौली सामुदायिक पुस्तकालयलाई सहयोग

Investopaper, असाैज ०९, २०७६

मुक्तिनाथ विकास बैक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं ५ स्थीत टरौली सामुदायिक पुस्तकालयलाई पुस्तकालय भवन निमार्णका लागि वित्तिय सहयोग स्वरुप रु.३०,०००÷–(अक्षरुपी तिस हजार मात्र) को चेक हस्तान्तरण गरेको छ ।

उक्त चेक टरौली सामुदायिक पुस्तकालय समितिका अध्यक्ष श्री सागर मिश्रलाई मुक्तिनाथ विकास बैक पर्सा शाखाका शाखा प्रमुख श्री विश्व क्षेत्री र प्रदेश नं. ३ चितवनका माननीय सांसद श्री कृष्ण प्रसाद खनालले संयुक्त रुपमा सो पुस्तकालयद्धारा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा हस्तान्तरण गर्नुभएकाे थियाे ।

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी रहेका १२० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ATM बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ््नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेषण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकारी श्री तिल बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *