शिवम सिमेन्टसको लाभांश, साधारण सभा र बुक क्लाेज एकसाथ घोषणा
Investopaper, असाैज १४, २०७६
शिवम सिमेन्टले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। यसैगरि सञ्चालक समितिको असोज १३ गते सोमबार बसेको ६४ ओ बैठकले साधारण सभाकाे मिति तथा बुक क्लाेज हुने मिति समेत घाेषणा गरेकाे छ ।
सञ्चालक समितिको निर्णय अनुसार शिवम सिमेन्टसले आर्थिक वर्ष २०७५/०७६ को मुनाफा रकम मध्येबाट चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँको १५.७८९५ प्रतिशत अर्थात् ६९ करोड ४७ लाख रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्नेछ ।
यसैगरि कम्पनीकाे चौंथो वार्षिक साधारण सभा कार्तिक ८ गते राष्ट्रिय सभा गृहमा गर्ने निर्णय गरिएकाे छ । चौंथो वार्षिक साधारण सभाका लागि कम्पनीले असोज २९ गते शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। यसअनुसार असोज २८ गते मंगलबारसम्म कायम रहने शेयरधनीले उक्त लाभांश पाउनेछन्।
सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै वितरण हुनेछ। शिवम सिमेन्टले अघिल्लाे आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट पनि गत आवको जति नै लाभांश वितरण गरेको थियो।

