कृषि बैंक र एन.आर.एन पार्टनर विच रेमिट व्यबसाय प्रबर्धनका लागि सम्झौता
Investopaper, असाैज १८, २०७६
कृषि विकास बैंक लि. र एन.आर.एन पार्टनर कम्पनी प्रा.लि. विच असाैज १७ गते अफिसियल बैकिङ्ग पार्टनरको रुपमा कार्य गर्नका लागि सम्झौता भएकाे छ ।
उक्त सम्झौतामा कृषि विकास बैंक लि.को तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्याय र एन.आर.एन पार्टनर कम्पनी प्रा.लि. र आईडिया फर नेपाल प्रा.लि.को तर्फबाट अध्यक्ष श्री गोर्कण प्रसाद श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो ।
आगामी दिनमा उक्त सम्झौताले विदेशबाट प्राप्त हुने रेमिट्यान्स रकमलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न थप मद्दत पुग्ने विश्वास गरिएकाे छ । व्यवसायिक कृषि, पर्यटन होटेल इ–पार्किङ्ग , रेमिट्यान्स र भुक्तानी सेवा व्यवसाय समेत थप वृद्धि हुने देखिन्छ ।
उक्त अवसरमा कृषि विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्यायले कृषि विकास बैंक लि.लाई अफिसियल बैकिङ्ग पार्टनरको रुपमा सेवा गर्ने मौका दिनु भएकोमा सम्बद्ध पक्षलाई धन्यवाद दिनु भयाे । साथै यस सम्झौताले भविष्यमा रेमिट्यान्स व्यवसाय अभिवृद्धिका लागि थप टेवा पुग्नका तथा रेमिट्यान्स रकमको पूर्ण सदुपयोग गर्न र विदेशमा रहने नेपालीहरुले नेपालमा रकम पठाउन थप सहज र सरल हुन समेत मद्दत पुग्ने बताएनु भयाे ।
सोहि अवसरमा अध्यक्ष श्री गोर्कण प्रसाद श्रेष्ठले कृषि विकास बैंक लि.लाई आफनो अफिसियल बैकिङ्ग पार्टनरको रुपमा सहकार्य गर्ने मौका प्रदान गरेकोमा हार्दिक धन्यवाद दिनुका साथै भविष्यमा यस सम्झौताका कारणले दुर्गम ग्रामिण क्षेत्रहरुमा रेमिट्यान्स सेवालाई सहज र सरल तरिकाले पहुंच वृद्धि गर्न सम्भावित सहकारी तथा व्यक्तिहरुलाई एजेन्टको रुपमा परिचालन गर्न सकिने छ ।
उक्त अवसरमा कृषि विकास बैंक लि.का का.मु. उप–महाप्रबन्धकहरु, बैंकका कन्सलटेन्ट श्री घुरन ठाकुर, विभागीय प्रमुखहरु, बैंक प्रबक्ता, एन.आर.एन पार्टनर कम्पनी प्रा.लि.का तथा बैंकका अन्य कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।
