ज्योति विकास बैंक र बतास समूह अन्तर्गतको इस्टर्न एजेन्सीबीच सम्झौता
Investopaper, असाैज १८, २०७६
ज्योति विकास बैंक र बतास समूह अन्तर्गतको इस्टर्न एजेन्सीबीच शुक्रबार १७ गते सम्झौता भएको छ। सम्झौता अन्तर्गत इस्टर्न एजेन्सीको सिफारिस प्राप्त ग्राहकहरुले आइसर ब्राण्डका गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७०% सम्म कर्जा प्राप्त गर्नेछन्।
सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा इस्टर्न एजेन्सीको तर्फबाट इस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत दिम प्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको थियो।
यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट आइसर ब्राण्डका गाडि ग्राहकवर्गहरुलाई ७०% सम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका १०२ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ।
गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल आइसर ब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ। इस्टर्न एजेन्सीले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई आइसर गाडि खरिद तथा विक्रि पश्चातको सेवा दिंदै आएको छ।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।
