सुन्दै अचम्म ! रक्सिले दैनिक स्नान गर्ने शाैखिन महिला

Investopaper, कार्तिक १४, २०७६

पैसा फालाफाल भएपछि मानिसहरू अरूभन्दा पृथक भएकाे अनुभूति गराउन चाहान्छन । कि त कहानी धनाढ्य कै लेखिएकाे छ, कि त हरितन्नम कँगालकाे । दैनिक रक्सिले नुहाउने महिला भन्दा जाे काेहीलाइ आश्चर्य लाग्नु स्वभाविकै हाे, अझ एकपटक नुहाउँदा लाग्ने खर्चले पनि तपाइ हाम्राे दिमाग रन्थनिन सक्छ ।

यस्ताे विचित्र शाैख भएकी महिला बेलायति अर्वपति माेहम्मद जुहरकी पत्नी कमालिया हुन । जुहर पाकिस्तानी मूलका बेलायति अर्वपति हुन । उनकी पत्नीले नुहाउनकाे लागि दैनिक २०-३० बाेतल स्याम्पेनकाे प्रयाेग गर्छिन । नेपाली रूपैयाँमा हिसाव गर्दा स्नान गर्नका लागि दैनिक करिव ३ लाख रूपैयाँ बाथटपमा बगाउने गर्छिन ।

यस बाहेक २०-२२ जना सुसारेले अहाेरात्र सेवासुसार गरिरहेका हुन्छन, जसकाे खर्च २ कराेड भन्दा बढी हुने जनाइएकाे छ । उनले प्रयाेग गर्ने सामान तथा रात बिताउने हाेटलकाे खर्च पनि चकित पार्ने खालकाे छ ।

कमालियाले लगाउने हिराजडित घडिकाे मूल्य करिव ६४ लाख पर्छ भने चश्मा र जुत्तामा वार्षिक क्रमश ६ लनख र १० लाख खर्च गर्ने गर्छिन । यसैगरि पेरिसमा रहेकाे हाेटल सुइट इम्पेरियलमा एक रात बिताउनकाे लागि ३५ लाख खर्च गर्छिन । कस्ताे विलाशी जीन्दगी ?

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *