चीनमा फाइभ जी सेवाकाे पहुँच उपभोक्ता स्तरमा

Investopaper, कार्तिक १५, २०७६

चीनमा मोबाइल टेलिफोन र इन्टरनेट सेवा प्रदायकहरूले सर्वसाधारण उपभोक्तालाई फाइभ जी (5G) सेवा उपलब्ध गराउन थालेका छन्।

राज्यद्वारा सञ्चालित चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले बिहीवारदेखि फाइभ जी डेटा योजना सुरु गरेका हुन्।

प्रविधिको क्षेत्रमा चीन विश्वभरि अग्रणी बन्ने प्रयासमा छ।

व्यापार र प्रविधिमा अमेरिकासँग तीव्र प्रतिस्पर्धा भइरहेको बेला चीनले द्रुत गतिको यो सेवा सञ्चालन गर्न थालेको हो।

दक्षिण कोरिया, अमेरिका र यूकेले यही वर्ष फाइभ जी सुरु गरिसकेका छन्।

पहिलाे चरणमा फाइभ जी सेवा बेइजिङ र शाङ्घाईसहित चीनका ५० वटा सहरमा उपलब्ध छ।

सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार १२८ यूआनदेखि ५९९ यूआन (करिब २,००० देखि ९,६०० नेपाली रुपैयाँ) प्रतिमहिना शुल्क तिरेर यो सेवा लिन सकिन्छ।

फाइभ जी सञ्जाललाई सबल बनाउन यो वर्षको अन्त्यसम्ममा १,३०,००० वटा बेस स्टेशनलाई क्रियाशील बनाइने सरकारले जनाएको छ।

त्यसो हुँदा यो संसारकै सबैभन्दा ठूलोमध्ये एउटा फाइभ जी सञ्जाल हुने बताइएको छ। याे समाचार वीवीसीमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *