सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

Investopaper, कार्तिक २८, २०७६

काठमाडौँ — नेपालले सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । ढाकामा बिहीबार भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

पहिलो संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लिग चरणबाट अपराजति यात्रा पार गर्दै च्याम्पियन बनेको हो। फाइनलमा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा हराएको हो ।

नेपाली महिला भलिबल टिमले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको हो। कात्तिक २३ गते सुरु भएको उक्त प्रतियोगितामा नेपाल, माल्दिभ्स, कीर्गिस्तान, अफगानिस्तान र बंगलादेश गरि ५ मुलुकको सहभागिता थियो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *