मुक्तिनाथ विकास बैंक लि.र ट्रयाङ्गकुलिटी स्पा बिच सहकार्य

कार्तिक २८, २०७६

मुक्तिनाथ विकास बैंक लि र ट्रयाङ्गकुलिटी स्पा, काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई स्पामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ट्रयाङ्गकुलिटी स्पाको तर्फबाट वजारीकरण तथा बिक्रि प्रबन्धक श्री बन्दना गुरुङ्ग र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट वजारीकरण विभागका विभागीय प्रमुख श्री बसन्त बक्सीेले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले ट्रयाङ्गकुलिटी स्पामा तोकिएका विभिन्न सेवाहरुमा ३० प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ ।

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी रहेका १३३ शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकाेस्योरेन्स, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ATM बाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा पनि सञ्चालनमा ल्याएको बैंकका प्रमुख सूचना अधिकारी श्री तिल बहादूर गुरुङ्गले बताउनु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *