के तपाइकाे मुख/श्वास गनाउँछ ? कारण तथा उपचार विधि जान्नुहाेस
— डा. रुवी दास / डा. सुवास घिमिरे
मुख गनाउने समस्या व्यक्तिगत भए तापनि समाजमा यसले त्यस व्यक्तिको व्यक्तित्वमा पनि नराम्रो प्रभाव पार्छ। मुख गनाउने समस्या भएका मानिस अलि कमजोर र मानसिकरूपमा डिप्रेसनमा हुन्छन्। त्यसैले योे समस्या सानो भए पनि यसले शरीरमा भएको रोग र मुखभित्र भएका रोग पत्ता लगाउन मद्दत गर्छ।
आफ्नो श्वास आफैंलाई गनाउने भयो भने दन्तचिकित्सकसँग सल्लाह लिनुपर्छ। स्मरण रहोस्, मुख गनाउने समस्या लामो समयदेखि छ भने मुख वा अन्य ठाउँमा क्यान्सर पनि भएको हुन सक्छ। मुख गनाउने समस्या भनेको नराम्रो अथवा नमीठो गन्ध आउनु हो जसले मुख स्वास्थ र शरीर स्वास्थ राम्रो छैन भन्ने दर्शाउँछ।
मुख गनाउने कारण
- १. खानेकुरा (जस्तै– प्याज, लसुन, मसला),
- २. पानी कम पिउनाले,
- ३. जिब्रो सफा नगर्नाले,
- ४. कफी धेरैप्रयोगले,
- ५. सहीतरिकाले ब्रसिङ र फलसिङ नगर्नाले,
- ६. नक्कली दाँत राम्ररी सफा नगर्नाले,
- ७. एउटै ब्रस धेरै समय प्रयोग गर्नाले,
- ८. टनसिको ढुंगाले गर्दा,
- ९. खानापछि कुल्ला नगर्दा,
- १०. चिनीयुक्तचुइगम प्रयोगले,
- ११. गुलियोधेरै खाँदा,
- १२. गिजा सुन्निएर पाइरिया भएमा,
- १३. पिनासको संक्रमण भएमा,
- १४. धूमपान गरेमा,
- १५. मद्यपान धेरै गरेमा,
- १६. दाँत कीराले खाएर खाल्डो भएमा,
- १७. दाँत तथा मुखको उपचार गराउँदा राम्रोसँग मुख सफा नराख्दा,
- १८. घाउ÷खटिरा मुखभित्र भएमा,
- १९. टन्सिलाइटिस भएमा,
- २०. सुतेका बेला घुरेमा,
- २१. एसिडिटी भएमा,
- २२.स्वास नलीमा संक्रमणभएमा,
- २३. फोक्सोमा संक्रमणभएमा,
- २४. खाने नलीमा घाउभएमा,
- २५. पेटमा घाउछ भने,
- २६. शरीरमा चिनीको मात्रा धेरै भएमा,
- २७, पेट, फोक्सो, खानेनलीमा क्यान्सर भएमा,
- २८. नाइट्रेटस् सिल्पिङ ट्याब्लेट आदि प्रयोग गर्नाले,
- २९. जोग्रेनसिन्ड्रोमरोग लागेमा,
- ३०. मुखको संक्रमण भएमा,
- ३१. कलेजोले काम नगरेमा,
- ३२. मिर्गाैला फेल भएमा,
- ३३. रेडियोथेरापी, क्यान्सरको उपचार गराएमा पनि।
उपचार विधि
- १. मुख गनाउने खानेकुरा सकेसम्म बाहिर हिँड्दा नखाने किनकि यो ब्रस र फ्लस गर्दा पनि जाँदैन।
- २. पानी पर्याप्त पिउने जसले शरीरमा सन्तुलन गर्छ र मुख सुक्खा हुन्न।
- ३. टङ क्लिनरले जिब्रोलाई नियमित सफा राख्ने।
- ४. कफी र गुलियो खानेकुरा कम गर्ने।
- ५. सही तरिकाले ब्रसिङ र फ्लसिङ गर्ने।
- ६. नक्कली दाँतको उपचार गर्दा अझ खाना अड्किने,राम्रो सफा नहुनेलाई राम्रोसँग सफा गर्ने।
- ७. एउटै ब्रस ३ महिनाभन्दा बढी प्रयोग नगर्ने।
- ८. टन्सिलको ढुङ्गाको उपचार गर्ने।
- ९. खाना खाएपछि कुल्ला गर्ने।
- १०. गुलियो अथवा चकलेट, चुइगम कम प्रयोग गर्ने।
- ११.गिजा सुन्निए उपचार गर्ने।
- १२. पिनास, टन्सिलको उपचार गर्ने।
- १३. धूमपान अथवा सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने।
- १४. दन्ते सडनको उपचार गर्ने।
- १५. घाउ/खटिरा र रातो, सेतो प्रकारका घाउको उपचार गर्ने।
- १६. मुखमा क्यान्सर छ भने उपचारगर्ने।
- १७. मुखमा अम्लको मात्रा आउन नदिने।
- १८. खानपान र पेटको उपचार सही ढंगले गर्ने।
- १९. स्वास प्रस्वास नली र फोक्सोको समस्या छ भनेउपचार गर्ने।
- २०. डाइबेटिज नियन्त्रणमा राख्ने।
- २१. नियमितरूपमा दन्त चिकित्सकलाई देखाउने।
— नागरिक दैनिकबाट
