ज्योति विकास बैंक र जेएमई रेमिटबीच सम्झौता

Investopaper, मंसिर ०२, २०७६

ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा जेएमई रेमिट​सगं रेमिट सेवाको लागि सम्झौता गरेको छ​। । आइतबार मङसिर १ गते ज्योति विकास बैंक र जेएमई रेमिट​बीच उक्त सहकार्य सम्झौता भएको छ।

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक​ सुशील कुमार शर्मा तथा जेएमई रेमिट​को तर्फबाट जेएमई रेमिट​का प्रबन्धक मीरा शर्माले हस्ताक्षर गर्नुभएको हो।

जेएमई रेमिट​ले स्थापनाकाल देखि नै जापानबाट​ गुणस्तरिय रेमिट सेवा प्रदान गर्दै आएको छ​।

यस सम्झौता पश्चात जेएमई रेमिट​को रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिनेछ​। ज्योति विकास बैंकको मुलुकभर रहेका १०२ वटा शाखाबाट जेएमई रेमिट​को देश- विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुनेछ​। हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *