दोहोरी गीत प्रतिष्ठानको सातौं महाधिवेशन : ११ पदमा निर्विराेध, अध्यक्षमा प्रतिष्पर्धा

Investopaper, मंसिर ०८, २०७६

शुक्रवारदेखि पोखरामा जारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं महाधिवेशनमा ११ पदमा उम्मेदवारी दिएका कलाकार निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष लगायत केही पदमा आज आइतबार मतदान हुँदैछ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष पदका लागि रमेश वि.जी र गायक विष्णु खत्री बिच प्रतिष्पर्धा रहेकाेछ । यस्तै कोषाध्यक्षमा राजु ढकाल र तारापति सुवेदीले उमेद्वारी दिएका छन् ।

यसैगरि सचिव पदका लागि सबैभन्दा धेरै १३ जना उम्मेदवार बिच प्रतिष्पर्धा हुँदैछ । सह–कोषाध्यक्ष पदका लागि घनश्याम रिजाल र ईश्वरीप्रसाद भुसाल तथा सचिव (प्रशासनिक) तर्फ कृष्ण रेउले र पुरुषोत्तम थापाको उमेद्वारी परेको छ ।

प्रतिष्ठानको बिभिन्न पदमा निर्विरोध निर्वाचित हुने ११ पदाधिकारीहरू यस प्रकार रहेकाछन् ।

  • वरिष्ठ उपाध्यक्ष पदमा रीता थापा मगर,
  • प्रथम उपाध्यक्ष पशुपति शर्मा,
  • द्वित्तीय उपाध्यक्षमा रामजी खाँड ,
  • तृत्तीय उपाध्यक्ष दीपक खड्का,
  • महिला उपाध्यक्षमा राधिका हमाल,
  • महासचिवमा सुवास केसी,
  • उप–महासचिव पदमा शंकर बिसी र शिव हमाल ,
  • सांगठनिक सचिव पदमा खुमन अधिकारी,
  • महिला सचिवमा जमुना राना मगर र
  • सह–कोषाध्यक्षमा पूर्णकला बिसी निर्विरोध निर्वाचित भएका छन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *