धितोपत्र बोर्डकाे अध्यक्ष छान्न दरखास्त आह्वान
Investopaper, मंसिर ०८, २०७६
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड (सेबोन) काे अध्यक्ष छनोटका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेसँगै प्रक्रिया सुरु भएको छ । सूचनाअनुसार योग्यता पुगेको उम्मेदवारले १५ दिनभित्र समितिको सचिवालय अर्थ मन्त्रालयमा दरखास्त दिनुपर्नेछ । समितिले पहिलो पटक शुक्रबार सूचना जारी गरेको हो ।
सरकारले दुई साताअघि सेबोन अध्यक्षका सिफारिस गर्न समिति गठन गरेको थियो । योजना आयोगका सदस्य रामकुमार फुँयाल संयोजक रहेको सिफारिस समितिमा राजस्व सचिव शिशिर ढुंगाना र चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का अध्यक्ष कृष्णप्रसाद आचार्य सदस्य छन् ।
अध्यक्ष पदमा दरखास्त दिनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी, धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रका कम्तीमा ७ वर्ष काम गरेका र उमेरकाे हकमा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।
समितिले तोकेको मापदण्डभित्र पर्ने इच्छुक नेपाली नागरिकले बोर्डको अध्यक्ष पदका लागि दरखास्त दिन पाउने छन् । परेका दरखास्तमध्ये समितिले तीनजनालाई सर्टलिष्टमा पारेर योग्य उम्मेदवारका रुपमा मन्त्रिपरिषद्मा समितिमा पठाउँछ । यसरी सिफारिस भई आएका तीन उम्मेदवारमध्ये कुुनै एकजनालाई मन्त्रिपरिषद्को बैठकले योग्यता र कार्यानुुभवका आधारमा बोर्डको अध्यक्ष पदमा नियुक्त गर्दछ ।
विस्तृत जाानकारीकाे लागि अध्यक्ष छनाैट सिफारिस समितिले जारि गरेकाे सूचना हेर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस ।
