भारतमा नागरिकता कानुन संसोधन पारित: हिंसात्मक प्रदर्शन,“सदभाव कायम राख्न प्रधानमन्त्रीको आग्रह”
Investopaper, मंसिर ३०,२०७६
भारतका प्रधानमन्त्रीले हिंसात्मक प्रदर्शन भएपछि सबैलाई सदभाब र शान्ति कायम राख्न आग्रह गरेका छन्।
राजधानी दिल्लीका साथै मुम्बई, हैदराबाद र कोलकातामा ठूला प्रदर्शनहरू भएका छन्।आइतवार प्रदर्शनकारीहरूले बाटो बन्द गर्ने र बसमा आगो लगाउने काम भएपछि प्रहरीले पक्राउ गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो। नयाँ कानुनले तीनवटा मुस्लिम बहुल देशबाट आएका केही गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकताको हकदार बनाउँछ।तर मानिसहरू सडक प्रदर्शनमा उत्रिनुको कारणबारे मत विभाजित भएको छ।
हिंसात्मक प्रदर्शन हुन थालेपछि आसाम र त्रिपुरा राज्यमा सेना परिचालन
भारतमा नागरिकता बिधायक पारित भएपछि केही आलोचक विरोधीहरूले कानुन मुस्लिम खिलाफ भएको ठान्छन्। जबकि यो बिधायकके गर्दा सीमा क्षेत्रका मानिसहरू ठूलो सङ्ख्यामा आप्रवासी भित्रिने डर देखिन्छ।

प्रधानमन्त्री मोदीद्वारा शान्त र आश्वस्त पार्ने प्रयास
प्रधानमन्त्री मोदीले दिल्ली र अन्य कैयौँ शहरमा सोमवार पनि प्रदर्शनहरू भएपछि प्रदर्शनकारीहरूलाई आश्वस्त पार्ने प्रयास गरेका छन्।
मोदीले ट्वीट गर्दै भनेका छन्, “म भारतीयहरुलाई स्पष्ट रूपमा आश्वस्त पार्न चाहन्छु कि नागरिकता संशोधन ऐनले भारतका जुनसुकै धर्मावलम्बी भए पनि उनीहरूलाई प्रभाव पार्नेछैन्। यो कानुन उनीहरूका निम्ति मात्र हो, जसले वर्षौँदेखि अन्यायको सामना गरे र उनीहरूको निम्ति भारतबाहेक अर्को कुनै ठाउँ नै छैन।” यो कानुनलाई लिएर कुनै भारतीयले चिन्ता मान्नु पर्दैन।
उनले यो समय धैर्य,’शान्ति, एकता र भाइचारा कायम राख्ने’ समय भएको बताएका छन्। बिहीवारदेखि सुरु भएको प्रदर्शनको क्रममा भारतको उत्तरी र पूर्वी भागमा ६ जनाको ज्यान गइसकेको छ।
कोलकातामा हिंसत्मक ठूलो प्रदर्शन
हिंसत्मक घटना घट्न थालेपछि अधिकारीहरुले इन्टरनेट सेवा अवरुद्ध गर्दै प्रदर्शनहरू रोक्ने प्रयास गरेका छन्। तर देशभरिका विश्वविद्यालयका विद्यार्थीहरूले सोमवार पनि प्रदर्शनहरू ब्युँताएका छन्।
नागरिकता संशोधनको बिरोधमा सहभागिता जनाउदै कोलकातामा मुख्यमन्त्री ममता बेनर्जी र उनको सत्ताधारी दल त्रिणमूल काङ्ग्रेसको अगुवाईमा दशौँ हजारले भाग लिएका छन्।अन्य कैयौँ शहरमा पनि थप प्रदर्शनहरू हुने ठानिएको छ।
यूके, अमेरिका र क्यानाडाले भारतको उत्तर-पूर्वी क्षेत्रमा शान्ति कायम नगर्दासम्म भ्रमण नगर्न नगरिकहरूलाई सूचना जारी गरेका छन्।

सर्वोच्च अदालतले हिंसात्मक प्रर्दशन बारे के भन्यो?
प्रधानन्यायाधीश शरद बोबडेले भने, “अदालतले अहिले केही गर्न सक्दैन। हिंसा रोकिन दिउँ।” “सार्वजनिक सम्पत्ति ध्वस्त पारिएका छन्, बसहरू जलाइएका छन्। हामीले हस्तक्षेप गर्नेछौँ, तर ती सबै रोकिनुपर्छ।”बोबडेले प्रदर्शनकारी विद्यार्थीहरूको पनि आलोचन गर्दै उनीहरूले ‘कानुन आफ्नो हातमा नलिन’ भने।
अन्य शहरमा पनि प्रदर्शन जारी र सरकाले सबै नागरिकलाई सरक्षित ठाउँमा रहन आग्रह।
