चीनियाँ गाई फार्ममा उच्च प्रविधिकाे प्रयाेग, दूध उत्पादनमा तेश्राे अग्रणी देश

Investopaper, पौष १०, २०७६

काठमाडौँ । दूध उत्पादनमा विश्वमै तेस्रो स्थानमा रहेको चीनले गाई फार्ममा उच्चतम् प्रविधिको प्रयोग गरेको छ । दूध उत्पादनमा अग्रस्थानमा भारत र दोस्रोमा अमेरिकापछि चीन तेस्रो स्थानमा छ ।

विश्वकै प्रविधिको विकास गरेर चमत्कार गरेको चीनले कृषि क्षेत्रमा विस्तारलाई पनि प्रथामिकता दिएको छ । यसको उदाहरण हो –चीनको खबे प्रान्तमा सञ्चालित जुन्लेवाओ डेरी उद्योग तथा गाई फार्म । यो फार्ममा ५ हजार ५ सय दुधालु गाईपालन गरिएको छ ।

प्रत्येक दिने गाइले दैनिक ३० लिटर दूध दिने गरेका छन् । गाई फार्ममा दूध दुहुने, दाना खुवाउने, गाईलाई नुहाउनेदेखिका सबै काम एक पछि अर्को गर्दै प्रविधिमार्फत नै गराउन थालिएको छ ।

मानव स्रोतको परिचालन प्राविधिक कमजोरीका लागि मात्रै उपयोग गर्ने गरिएको छ । फार्म अवलोकनका लागि पुगेको नेपाली टोली समक्ष डेरीका कर्मचारीले निकट भविष्यमा रोवर्टको माध्यमबाट गाईको हेरचाह गरिने जानकारी दिए ।

जुन्लेवाओ डेरीले २१ वटा दूधका उत्पादन बजारमा ल्याएको छ । चीनको खबे प्रान्तमात्रै नभएर अन्य प्रान्तमा पनि कृषिलाई आधुनिकीकरण गर्न प्रविधिको उच्चतम प्रयोग गरिएको चिनियाँ अधिकारीहरू बताउँछन्। डेरीमा हेरक गाईका लागि छुट्टाछुट्टै अवलोकन मेसिनसमेत राखिएको छ । नम्बरकै आधारमा ६५ वटा गाईलाई गोलाकार मेसिनमा राखेर दूध दुहुने र  हरेक गाईको दूध छुट्टाछुट्टै तरिकाले मापन भएर डेरीसम्म जाने व्यवस्था गरिएको छ। 

गाईपालनमा आवश्यक पर्ने सबैजसो कामहरूमा मुख्य सिस्टमबाटै मनिटरीङ गर्ने गरिएको छ । यसले गर्दा एकातर्फ गाईपालनमा लागत कम लाग्ने गरेको छ भने उत्पादन वृद्धिमा प्रविधिको पनि उच्चतम प्रयोग भएको छ। नेपालमा पनि गाईपालनमा आधुनिक प्रविधि भित्र्याउन थालिएको छ । 

रूपन्देहीको लुम्बिीनी एग्रोफार्म र चितवनको लालीगुराँस एग्रो फार्मलगायतका केही ठूला फार्महरूले गाईपालनमा नयाँ प्रविधि भित्र्याएका छन् । गाइको गोठ, बाच्छाबाच्छी र आमाको व्यवस्थापन, सरसफाइ, दूध दुहुने तथा भण्डारणलगायत काम मेसिनबाट गर्न थालिएको छ । यद्यपि नेपालमा अधिकतम ३० लिटर दूध दिने गाईहरू मात्र छन् भने यीनले औषतमा ११ लिटरमात्र दूध दिन्छन्। यो समाचार आजको कारोबार दैनिकमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *