वैदेशिक रोजगारीः पछिल्ला दिनमा नेपाल भित्रीने रेमिट्यान्स घट्नुको कारण
Investopaper, पौष ९, २०७६
पछिल्ला दिनमा वैदेशिक रोजगारीमा जानेको कमि र वैदेशिक रोजगारीमा कामदारको सङ्ख्यामा कटैटि हुनु र लामो समयसम्म नेपाली कामदार मलेशिया लगाएत गल्फ देशमा जान नपाउनु र विदेशमा रहेका नेपाली कामदारले अनौपचारिक माध्यमबाट रकम पठाउने क्रम बढ्नुले पछिल्ला दिनमा नेपाल भित्रिने रेमिट्यान्समा कमी आएको हुनसक्ने आशङ्का विज्ञहरूले व्यक्त गरेका छन्।
नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको महत्वपूर्ण भूमिका रहेको छ भन्दा फरक नपर्ला। तर यसबारे नेपाल सरकार त्यति ध्यान नदिएको देखिन्छ। विज्ञहरु भन्छन, यस बारे स्पष्ट हुन र मुलुकमा भित्रिने रेमिट्यान्स कम हुँदै गएको र जोखिमलाई कसरी कम गर्न सकिन्छ सरकारीस्तरबाट विस्तृत अनुसन्धान हुनुपर्ने उनीहरूको ठम्याइ छ।

विदेशमा रहेका नेपालीले हुन्डी र अवैधानिक तरिकाले रकम पठाउन थालेपछि रेमिट्यान्समा कमि आएको भन्ने तर्कप्रति सरकारी अधिकारीहरूले असहमति जनाएका छन्।
नेपाल राष्ट्र ब्याङ्कका अनुसार चालु आर्थिक वर्षको कार्त्तिक महिनासम्ममा कुल तीन खर्ब चार अर्ब ५७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएकोमा यो गत वर्षको तुलनामा २.३ प्रतिशतले कमि आएको छ।
कारणबारे श्रम मामिलाविज्ञ गणेश गुरुङ भन्छन्, “लामो समय मलेशिया लगाएत अन्य देशमा कामदारको माग कमि र कामदार जान नपाउनु, हुन्डी र सुनको प्रयोग हुनु यसको मुख्य कारण जस्तो देखिन्छ।

गत वर्षको पहिलो चार महिनामा रेमिट्यान्सको वृद्धि ३६.४ प्रतिशत रहेको राष्ट्र वैँकले जनाएको छ। रेमिट्यान्स घट्ने क्रम जारी रहे नेपालको अर्थतन्त्रमा नै नकारात्मक असर पर्नसक्ने कतिपय विज्ञहरूको धारणा छ।
त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागकी सहायक प्राध्यापक रश्मी राजकर्णिकार भन्छिन; “रेमिट्यान्स बृद्धको लागि सरकारले तत्कालै कदम चाल्नुपर्छ र रेमिट्यान्स वृद्धिमा आएको कमिलाई सरोकारवालाले ध्यान दिनुपर्यो।”
यसबारेमा सरकारी अधिकारीहरुले अनुसन्धान भैरहेको जनाएका छन्।
